समाज


स्याङजा पहिरो अपडेट : तीनको मृत्यु, तीन जना अझै बेपत्ता

स्याङजा पहिरो अपडेट : तीनको मृत्यु, तीन जना अझै बेपत्ता

नेपालखबर
असार ३०, २०७७ मंगलबार १३:१३,

 स्याङ्जामा पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ भने तीन जना अझै बेपत्ता रहेका छन्।

 मंगलबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ खहरेमा पहिरो जाँदा खानेपानीको मर्मतका लागि गएका ६ जनामध्ये तीन जना बेपत्ता भएका थिए भने तीन जनाको उद्धार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरो परेर घाइते भएका ६५ वर्षीय ईमान सिंह रानाको उपचारका क्रममा र ६० वर्षी जिमानसिंह राना र ५० वर्षीय टिकाबहादुर थापा खोततलासका क्रममा मृत अवस्थामा फेला पारेको बताए।

त्यस्तै पहिरोमा परेर हुमनाथ पाण्डे र वीरबहादुर रानालाई घाइते छन्, उनीहरुको गल्याङमा उपचार भइरहेको छ भने प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टिकाबहादुर थापा हराइरहेका छन्।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटिएको छ।

यस्तै बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad