युनिभर्सिटी अफ अक्सफोर्डले विकास गरेको कोरानाविरुद्धको खोप परीक्षणको सुरुवाती चरणमा सुरक्षित र प्रभावकारी देखिएको छ।
एक हजार ७७ जनामा गरिएको परीक्षणमा सो खोपले शरीरमा कोरोनाविरुद्ध लड्ने एन्डीबडी र टी सेल पैदा गरेको जनाइएको छ।
यो नतिजा उत्साहजनक भए पनि सो खोपले कोरोना पूर्ण रुपमा रोक्न सक्छ कि सक्दैन भन्ने टुंगो भने थप परीक्षणपछि मात्रै हुनेछ।
अक्सफोर्ड र अस्ट्राजेनेकाले संयुक्त रुपमा बनाएको सो खोप भाइरसको जिन एडिट गरेर बनाइएको हो।
‘यो नतिजबाट हामी खुसी छौँ। यो उत्साहजन छ,’ अक्सफोर्डका प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसीसँग भनेका छन्, ‘तर, सबैले जान्न खोजेको मुख्य प्रश्न भनेको यो खोपले कोरोनाबाट बचाउँछ कि बचाउँदैन? हामी नतिजा पर्खिरहेका छौँ।’
यसका लागि थप १० हजार मानिसमा परीक्षण गरिनेछ।
बेलायत सरकारले अक्सफोर्डमा तयार हुने १० करोड खोपका लागि सम्झौता गरिसकेको छ।
हालसम्म विश्वमा २३ वटा खोप क्लिनिकल परीक्षणको चरणमा छ भने अरु १ सय ४० वटा प्रिक्लिनिकल चरणमा। एजेन्सी
Shares

प्रतिक्रिया