प्रहरीले अपहरणको नाटक गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
असार २४ गते अपहरणमा परेँ भनेका काठमाडौंको चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा युवतीसँग फेला परेका हुन्।
उनकी श्रीमतीले श्रीमान हराएको र अपहरणमा परेको भन्दै साउन २ गते जाहेरी दिएकी थिइन्। तर, प्रहरी अपराध महाशाखाले खोजतलास गर्ने क्रममा मंगलबार राति बसपार्कको सुगन्ध होटलमा फेला पारेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए। उनलाई युवतीसँगै प्रहरीले फेला पारेको छ।
२४ गते घरबाट निस्किएका रेग्मी सम्पर्कबिहीन भएका थिए। उनलाई महाराजगन्ज बृत्तमा राखिएको छ।
उनले बिभिन्न ब्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भनि करोडौँ रुपैयाँ लिएको र उक्त रकम तिर्नुपर्छ भनेर अपहरणको नाटक गरेको प्रहरीलाई बताएका छन्।
रेग्मीले अपहरणमा नपरे पनि प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत र साधनको समेत दुरूपयोग भएकाले अभद्र व्यवहारमा मुद्दा चलाउन प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया