सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका वडा नम्बर १४, गौरीशंकर हरकठवाका आनन्द महतोकी १० वर्षीया छोरी आरतीकुमारी र रामपृत महतोकी १३ वर्षीया छोरी अञ्जलीकुमारी पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
केशरगन्जस्थित इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार ती बालिका शनिबार दिउँसो बाख्रा चराउन निस्किएका थिए। तर बेलुकासम्म नफर्किपछि खोजी गर्ने क्रममा राति साढे ९ बजेतिर स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा उनीहरूको शव फेला परेका हुन्।
अहिले दुवै शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया