समाज


न्यायधीशलाई कोरोना संक्रमण भएपछि जनकपुर उच्च र धनुषा जिल्ला अदालत बन्द

न्यायधीशलाई कोरोना संक्रमण भएपछि जनकपुर उच्च र धनुषा जिल्ला अदालत बन्द

शैलेन्द्र महतो
साउन १५, २०७७ बिहिबार १६:७,

कोरोना संक्रमण बढेको भन्दै जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु भोलिदेखि बन्द हुने भएको छ।

उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको हो।

लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही शुक्रबारदेखि साउन मसान्तसम्मको लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो।

प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै साउन मसान्तसम्मको लागि स्थगन गर्ने निर्णय भएको उच्च अदालतका एक कर्मचारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .