समाज


पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ८:६,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरे। निर्देशक शर्माले ती महिलामा उच्च रक्तचाप, निमोनिया र छातीको इन्फेक्सनको समस्या समेत रहेको बताए।

‘नोमिनिया र छातीको इन्फेक्सन देखिएकी ती महिलाको यही साउन ६ गतेदेखि उपचार भइरहेको थियो’, निर्देशक शर्माले नेपालखबरसँग भने, ‘समस्या जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ, उनको आज (शुक्रबार) मृत्यु भएको छ।’

हालै विरगन्जबाट काठमाडौँ आएकी ती महिला स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्टार अस्पताल पुगेकी थिइन्। उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई स्टार अस्पतालबाट पाटन अस्पताल सारिएको थियो।

उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ र उनीहरु अहिले उपचारकै क्रममा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad