समाज


‘ट्राभल हिस्ट्री’ नभएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

‘ट्राभल हिस्ट्री’ नभएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

नेपालखबर
साउन २१, २०७७ बुधबार २:४८,

कोरोना भाइरस संक्रमणको कारण पर्सामा थप एक  जनाको मृत्यु भएको छ।

पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

‘ती युवतीको सोमबारै मृत्यु भएको रहेछ,’ बुधबार बिहान नेपालखबरसँग डा.उपाध्यायले भने, ‘मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पाइएको हो।’

आफन्तका अनुसार ती युवती पोखरिया ९ मा रहेको मामा घरमा बस्दै आएकी थिइन्। कुनै ‘ट्राभल हिस्ट्री’ नभएकी ती युवतीलाई सुरुमा पखाला लागेको थियो।

पखालासँगै श्वाँसप्रश्वाँसमा पनि सममस्या देखिएपछि उनलाई सोमबार उपचारका लागि आफन्तले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगेका थिए। अस्पतालमा नपुग्दै उनको मृत्यु भएको हो।

‘मृत्युपछि मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ,’ डा.उपाध्यायले भने, ‘रिपोर्टले उनको मृत्यु पनि कोरोना संक्रमणकै कारण भएको पुष्टि हुन्छ।’

१८ वर्षीया युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। संक्रमण तीब्र गतिमा बढ्न थालेपछि विगत एक सातादेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad