भारतीय टेलिसिरियल ‘कहानी घर–घरकी’का अभिनेता समिर शर्माले आत्महत्या गरेका छन्।
उनले मुम्बइस्थित आफ्नै घरको भान्साकोठाकोे पंखामा झुण्डिएर आत्महत्या गरेका हुन्।
४४ वर्षीय अभिनेताले मलाड पश्चिमस्थित नेहा सीएचएस बिल्डिंगमा रहेको आफ्नो फ्ल्याटमा आत्महत्या गरेको प्रहरीले जनाएको छ।
मलाड प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ। घटना बिहीबार सार्वजनिक भए पनि उनले दुई–तीनदिन अगाडि नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको शव सड्न लागेको अवस्थामा फेला परेको हो।
बुधबार राति ड्युटीमा रहेका प्रहरीले शर्माको शव झुण्डिको अवस्थामा देखेका थिए। प्रह।रीले उनको घरको खानतलासी लिँदा कुनै सुसाइड नोट फेला नपरेको जनाएको छ।
समिर टेलिसिरियलका चर्चित अभिनेता हुन्। उनले ‘कहानी घर–घरकी’ ‘ए रिस्ते है प्यार के’, ‘लेफ्ट राईट लेफ्ट’, ‘ज्योति’, ‘गीत हुई सबसे पराई’ लगायतका सिरियलमा काम गरेका छन्।

प्रतिक्रिया