बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ। त्यसैगरी गोरखामा नदीले बगाउँदा दुई किशाेर बेपत्ता भएका छन्।
बिहीबार राति पहिरोले घर पुरिँदा बैतडीको डिलाशैनी गाउँपालिका ४ का आनसिंह बोहराकी पत्नी ४० वर्षीय पशुपति वोहरा र छोरा १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति १ बजेतिर पहिरोमा बेपत्ता उनीहरुको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ।
त्यसैगरी गोरखामा दरौदी नदीले बगाउँदा दुई किशाेर बेपत्ता भएका छन्। पालुङटार नगरपालिका-१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।
‘गोरखा नगरपालिका ३ स्थित बेनीखोलामा फुटबल खेल हेर्न खुर्पाजुङबाट चार जना आएका रहेछन्’, उनले भने, ‘फुटबल हेरेर फर्कँदै गर्दा नदी तर्ने क्रममा दुई जना किशोर बगेर बेपत्ता भएका हुन्।’ बिहीबार दिउँसो उनीहरुलाई नदीले
बगाएको हो।
लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।
मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको प्रनाउ खतिवडाले जानकारी दिए।

प्रतिक्रिया