समाज


हत्या अभियुक्त दुर्गाबहादुर १७ वर्षपछि पक्राउ

हत्या अभियुक्त दुर्गाबहादुर १७ वर्षपछि पक्राउ

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:२८,

झापामा एक व्यक्तिको हत्याकाण्डका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।

२०६० कात्तिक ३० गते बिरिकलाल माझीको हत्या गरेको अभियोगमा दुर्गाबहादुर मगरलाई झापा प्रहरीले पक्राउ गरेको हो।

१७ वर्षपछि पक्राउ परेका मगरलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

झापाको टाघनडुब्बाका ४५ वर्षीय बिरिकलाल छोरी ज्वाईको घरमा गएको बेला कुटपीटबाट मारिएका थिए। साँझ घुमफिर गर्न बाहिर निस्किएका माझी स्थानीय मणिकुमार राईको भट्टी पसलमा गएर चुरोट मागेका थिए।

पसल संचालककी छोरीले चुरोट दिँदा उनको हातमा छोएको भन्दै होटलमा मदिरा सेवन गरीरहेका स्थानीय दुर्गाबहादुर थापामगर र खेम फुयाल लगायतका व्यक्तिले कुटपिट गरेका थिए।

पछि ज्वाईं बिष्णुलाल माझी आएर ‘मेरो पाहुना हुन् एक चोटीलाई माफि दिनु’ भनि माफ मागि बिरिकलाललाई घर लगेका थिए।

पछि बिष्णु घरमा नभएको बेलामा उनीहरुले फेरि घरमै पुगेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चिरपट दाउरा र छालाको बुटजुत्ता लगाएर लात्तीले शरीरको यत्रतत्र भागहरुमा प्रहार गरी गम्भीर घाईते बनाएर उनीहरु भागेका थिए।

बिरिकलाल माझीलाई उपचारको लागी मेची अंचल अस्पतालमा लगिएको थियो। अस्पतालबाट फर्किएका माझीको सोहि वर्ष मंसिर ४ गते मृत्यु भएको थियो।

सोही घटनामा संलग्न रहेको अभियोगमा मगरलाई मेची नगरको शहरेडाँगीस्थित आफन्तकोमा गएको बेला फेला पारेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए।

घटनापछि उनी काठमाण्डौ, भारतको कोलकत्ता, दार्जिलिङ लगायतका विभिन्न स्थान, वैदेशिक रोजगारीको लागि मलेसिया र यूएईमा समेत गएको पाइएको छ।

शुक्रबार ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको झापाका डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad