समाज


कोरोना लागेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर

कोरोना लागेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर

नेपालखबर
साउन २७, २०७७ मंगलबार ९:४१,

सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी ८४ वर्षका भए।

केहीदिन अगाडि मात्र भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पुष्टि भएको थियो।

हाल भारत कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। भारतमा २२ लाख ७१ हजारमा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ४५ हजारको ज्यान गएको छ भने १५ लाख ८३ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad