समाज


कोरोना संक्रमणबाट ३ महिला र ५ पुरुष गरी थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

कोरोना संक्रमणबाट ३ महिला र ५ पुरुष गरी थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

नेपालखबर
भदौ ८, २०७७ सोमबार ११:१,

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट ३ महिला र ५ पुरुष गरी थप ८ जनाको मृत्यु भएको बताए।

याे पनि : नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण

प्रवक्ता गौतमका अनाुसार कोरोना संक्रमणबाट सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँका ४८ वर्षीय महिलाको मृत्यु भएको हो।

त्यस्तै रुपन्देहीकी एक ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै निधन भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट १५७ पुगेको छ।

पाे पनि :  काठमाडौँ उपत्यकामा थपिए २२४ कोरोना संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad