समाज


सामाजिक सञ्जालमा युवतीलाई उपहारको लोभ देखाएर लाखौँ रकम असुल्ने तीन जना पक्राउ

सामाजिक सञ्जालमा युवतीलाई उपहारको लोभ देखाएर लाखौँ रकम असुल्ने तीन जना पक्राउ

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ३:२५,

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको भिमाद-५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी-१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी-२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका-४ बस्ने सत्कार लुँईटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको छन्।

उनीहरुले सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी उनीहरुले २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिए।

पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुँईटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाईएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखी नक्कली खाता खोलि महिलालाई साथी बनाई ईटाली, अमेरिका, अष्टे«लिया, सिङ्गापुर, फ्रान्सजस्ता देशबाट बोलेको भनि उपहार पठाईदिने भनि पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ।

यस्तै सोही मुद्दामा अन्य छ जना फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad