समाज


बाढीले विजयपुरको डाइभर्सन बगायो, सवारी आवागमनमा अवरोध

बाढीले  विजयपुरको डाइभर्सन बगायो, सवारी आवागमनमा अवरोध

नेपालखबर
साउन ६, २०७६ सोमबार ६:९,

 गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पु¥याएको छ।

आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पु¥याउँदा सोमबार बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताए। शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो।

नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पु¥याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको उनले जानकारी दिए। विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ।

पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा नै रोकेर राखेको छ। विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad