समाज


संसारमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पतालका प्रमुखलाई निलम्बन गरियो

संसारमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पतालका प्रमुखलाई निलम्बन गरियो

नेपालखबर
भदौ १३, २०७७ शनिबार १:४५,

विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने चीनस्थित अस्पतालका प्रमुखलाई निलम्बन गरिएको छ।

चीनका स्वतन्त्र सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले जुन आलोचना गरेको थियो, त्यही कारण उनलाई निलम्बन गरिएको हो।

काइसिन वेबसाइटका अनुसार वुहान सेन्ट्रल हस्पिटलका प्रमुख चाई लीलाई पदबाट निलम्बन गरिएको हो।

गत फेब्रुअरीमा त्यही अस्पतालका नेत्र विशेषज्ञ डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। जसले डिसेम्बर ३० तारिखमा आफ्ना सहकर्मीसँग केही बिरामीमा सार्सजस्तो भाइरसका लक्षण देखिएको छ भनेका थिए।

त्यसपछि स्थानीय प्रहरीले भ्रम नफैलाउन चेतावनी दिँदै उनको मुख बन्द गराएको थियो। तर पछि उनले भनेकै कुरा सही साबित भयाे अर्थात् काेराेना भाइरस फैलिएको प्रमाणित भयो। जसका कारण उनी चीनका सामाजिक सञ्जालमा ‘हिरो’ बनेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad