समाज


काठमाडौंको रानीवनमा भलिबलको निहुँमा झडप, घाइतेलाई लगिएको अस्पतालभित्रै फेरि भिडन्त

काठमाडौंको रानीवनमा भलिबलको निहुँमा झडप, घाइतेलाई लगिएको अस्पतालभित्रै फेरि भिडन्त

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ५:९,

काठमाडौंको रानीवनमा बिहीबार राति दुई टोलका युवाबीच झडप भएको छ।

ढुंगेधारा र रानीवनका युवाबीच भलिबल खेल्दा भएको विवादले उग्र रूप लिँदा कुटाकुट भएको हो।

ढुंगेधाराका युवा ७/८ वटा मोटरसाइकलमा रानीवनका युवालाई कुट्न पुगेपछि झडप भएको प्रहरीले जनाएको छ।

घटनामा ४ युवा घाइते भएका छन्। सुदीप रानामगर, सुरज रानामगर, नवराज रानामगर र सुरज थापा मगर घाइते भएका हुन्।

घाइतेलाई नजिकैको मनमोहन मेमाेरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा लगिएकामा अस्पतालभित्रै पनि फेरि भिडन्त परेकाे थियाे।

अस्पतालले विज्ञप्ति जारी गरी आकस्मिक कक्षभित्रै २०–३० जनाको समूहबीच गुन्डागर्दी शैलीमा भिडन्त गरी अस्पतालका चिकित्सक, सुरक्षाकर्मीसमेत कुटिएको तथा स्वास्थ्य उपकरण तोडफोड भएको भन्दै दाेषीलाई कारबाही माग गरेकाे छ।

manamohan 

घटनामा संलग्न ढुंगेधाराका दुई युवकलाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले नेपालखबरलाई जानकारी दिए। धीरेन्द्र धानुक र सुदीप देवकाेटालाई प्रहरीले पक्राउ गरेकाे हाे। 

उनीहरूबीच पहिले भलिबल खेलका क्रममा विवाद भएको र पछि त्यही निहुँमा बिहीबार राति झडप भएकाे  प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad