चीनले बनाएको कोरोना खोपको अन्तिम चरणको परीक्षण (क्लिनिकल ट्रायल) मा थप चार देश सहभागी हुने भएका छन्।
खाेप विकास गर्ने चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोब्याक बायोटेक लिमिटेडले शनिबार खाेप परीक्षण गराउन थप चार सहमत भएका हुन्। चीनले आफ्नो खोप विश्वव्यापी बनाउने प्रयास गरिरहेको छ।
सर्बिया र पाकिस्तानले खाेप परीक्षणका लागि सहमति जनाइसकेकाे र अन्य दुई देशले पनि यसका लागि थप विवरण माग गरेकाे ती कम्पनीले जनाएका छन्।
चीनमा अहिले कोरोना संक्रमण निकै घटेको छ। यसकारण उसले खोपको परीक्षण अरू देशमा गराइरहेकाे छ।
सीएनबीजीले तयार पारेको खोपको तेस्रो चरणको परीक्षणमा १० देशका झन्डै ५० हजार मानिस सहभागी हुने सम्भावना छ।
याे पनि : कोरोना खोप : कहिलेसम्म बजारमा आउला र मूल्य कतिसम्म पर्ला?
संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिलेदेखि नै यो परीक्षण सुरु भइसकेको छ। बीबीसी
Shares

प्रतिक्रिया