समाज


भारतमा एकै दिन ९० हजारमा कोरोना संक्रमण, मृतकको संख्या ७० हजार नाघ्यो

भारतमा एकै दिन ९० हजारमा कोरोना संक्रमण, मृतकको संख्या ७० हजार नाघ्यो

नेपालखबर
भदौ २१, २०७७ आइतबार १:३१,

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन पुष्टि भएको विश्वका सबै देशको भन्दा धेरै संख्या हो।

यस अवधिमा भारतमा कोरोना संक्रमणबाट एक हजार ४४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा भारतमा देखिएको कोरोना संक्रमण र मृत्यु विश्वका सबै देशको भन्दा बढी हो।

भारतमा अहिलेसम्म संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ। संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad