छापा खबर


बन्दाबन्दीमा बाँकेबाट १२ चेली हराए

बन्दाबन्दीमा बाँकेबाट १२ चेली हराए

नेपालखबर
भदौ २१, २०७७ आइतबार १:५०,

बन्दाबन्दीको समयमा पनि बाँकेबाट १२ जना चेली हराएका छन्। राम्रो काम र दामको प्रलोभनमा पारेर दलालले १२ जना चेलीलाई बेपत्ता बनाएका छन्।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४औं राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, नेपालगन्जले सार्वजनिक गरेको तथ्यांकमा १२ जना चेली बेपत्ता भएका छन्।

बन्दाबन्दीको समयमा १७ जना चेलीको खोजतलासको निवेदन परेकोमा ५ जना भेटिएको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिइन्। ‘राम्रो काम लगाइदिने प्रलोभन देखाएर दुई किशोरीलाई काठमाडौं पुर्‍याइएको थियो’, कोइरालाले भन्नुभयो–‘उनीहरुको उद्धार गरेर परिवारको जिम्मा लगाएका छौं।’

चैत ११ गतेदेखि देश लकडाउन थियो । यातायात चलेका थिएनन् । एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाइ थियो । यो बेलामा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएका छन्। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालमा जोखिमपूर्ण यात्रामा रहेका र सम्पर्क नभएका चेलीका घरपरिवारले खोजतलासका लागि निवेदन दिने गर्दछन् । यो वर्ष माइती नेपालको नेपालगन्ज कार्यालयमा ५ सय ८५ जनाको खोजतलासको निवेदन परेको थियो । त्यसमा २ सय ८० जना भेटिएको कोइरालाले जानकारी दिनुभयो । कोइरालका अनुसार, यो निवेदन विगतको वर्षमा भन्दा कम संख्या हो।

मानव दलालले रोजगारीको प्रलोभन देखाउँदै भारत तथा तेस्रो मुलुकमा चेलीलाई पुर्‍याउने गर्दछ । यस्तो जोखिमपूर्ण यात्रामा रहेकाहरुले दुःख पाउँदा वा घरपरिवारको सम्पर्कमा नआउँदा खोजतलासको निवेदन पर्ने गरेको छ।

लामो लकडाउनले गर्दा भारत तथा तेस्रो मुलुकमा यात्रा गर्न बन्द भएपनि आन्तरिक बेचबिखनको खतरा बढेको कोइरालाको बुझाई छ । ‘तेस्रो मुलुक जान बन्द रहेको छ । भारत जान पनि कडाइ छ । चेली हराउने क्रम भने रोकिएको छैन’, कोइरालाले भने –‘आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’

जोखिमपूर्ण यात्राका लागि नेपालगन्ज चलनचल्तीको नाकामा पर्दछ । यो नाकाबाट पूर्व झापासम्मका महिलाहरु सीमा पार गर्ने क्रममा उद्धार गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad