समाज


क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका

क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका

नेपालखबर
असोज ४, २०७७ आइतबार २:५१,

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्।

बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .