समाज


कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

नेपालखबर
असोज १०, २०७७ शनिबार १०:४९,

 नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

 शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको हो।

मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौँका २, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, रुपन्देही र कैलालीका १÷१ जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad