समाज


भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, एकैदिन थपिए ८२ हजार बिरामी

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, एकैदिन थपिए ८२ हजार बिरामी

नेपालखबर
असोज १२, २०७७ सोमबार ६:१०,

गएको २४ घण्टामा भारतमा ८२ हजा १७० नयाँ कोरोना संक्रमित थपिएसँगै भारतमा ६० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको हो।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ६० लाख ७४ हजार पुगेको छ।

यस्तै भारतमा एकैदिनमा एक हजार ३९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यससँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ।

भारत कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको विश्वकै दोस्रो मुलुक हो। भारतभन्दा बढी संक्रमित राष्ट्र भने अमेरिका हो। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad