कारोबार


एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त

एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त

नेपालखबर
असोज १२, २०७७ सोमबार ५:५९,

नेपालको एनएमबी बैंकलाई अन्तर्राष्ट्रिय बैंकहरुको पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ)ले सञ्चालक समितिमा नियुक्त गरेको छ।

नेट जिरो एसेट अनर एलियन्स (एओए)सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एओएको एक प्रतिनिधिको रुपमा एनएमबीलाई समावेश गरेको बैंकले जनाएको छ। पीसीएएफ वित्तीय संस्थाहरुको विश्वव्यापी साझेदारी हो। जुन उनीहरुको कर्जा र लगानीसँग सम्न्धित ग्रिनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आँकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ।

कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्रसंघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गरेको छ।
पीसीएएफ द्रुत रुपमा विकसित हुँदैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट सुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ। यसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति पुगेको छ।

वित्तीय सम्पत्तिको कार्बन लेखाका अग्रगामीहरुद्घारा स्थापित यस पहलले हालसालै ठुला वित्तीय संस्थाहरु नट वेष्ट समुह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), ईन्भेष्टेक (दक्षिण अफ्रिका), बान्को ब्राडेस्को (ब्राजील), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समुह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) रहेका छन्।

पीसीएएफको स्टिअरीङ्ग कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङ्गको जग निर्माण गर्न, एसियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ।

पीसीएएफले अब एओएसँग सहकार्य गरिरहेको छ। यसका प्रतिनिधिलाई यसको स्टिअरिङ्ग कमिटीमा समावेश गरेको छ र नेपालबाट एनएममबी बैंकलाई यसको नेतृत्व स्वागत गर्दछ। स्टिअरिङ्ग कमिटीले अब विस्तारको आशा नगरी अब एएनबी अम्रो, अमाल्गामेटेड बैंक, एएसएन बैंक, ग्लोबल एलियन्स फर भ्यालु बेस्ड बैंकिङ, ट्राइओड्स बैंक, मोर्गन स्टान्ले, द नेट शुन्य सम्पति मालिक अलायन्स (नोर्दिया लाईफ र पेन्सनको प्रतिनिधि) र एनएमबी बैंक। सबै प्रकारका वित्तीय संस्था र विश्वव्यापी उपस्थितिलाई प्रतिविम्बित गर्दै, पूर्ण स्टिअरिङ कमिटी (पीसीएएफ) कार्बन एकाउन्टिङ फाइनान्सियलको थप विकासको नेतृत्व गर्न र सीओपी २६भन्दा अगाडि पहल बढाउन उत्साहित छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु सबैको लागि महत्वपूर्ण रहेको बताए। उनले भने, ‘तर यो विशेष गरी एसियाका देशहरुमा प्रासंगिक छ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन्। हामी अग्रगामी पहलको हिस्सा हुन पाउँदा खुसी छौँ, जसले वित्तीय संस्थालाई हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ।’

सेप्टेम्बर २०१६ मा, पीसीएएफको साझेदारी विश्वव्यापी रूपमा सुरू भएको थियो। हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् । पीसीएएफ विभिन्न संस्थाहरूसंग मिलेर काम गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad