समाज


चितवनमा एकै दिन सशस्त्रका दुईवटा बोर्डर आउटपोस्ट स्थापना

चितवनमा एकै दिन सशस्त्रका दुईवटा बोर्डर आउटपोस्ट स्थापना

नेपालखबर
असोज १२, २०७७ सोमबार ६:३०,

चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। चितवनको माडी नगरपालिका १ गर्दीस्थित केदारेश्वर प्रावि र सोही नगरपालिका ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा ती बीओपी स्थापना गरिएका हुन्।

मर्ज भएपछि खाली रहेका विद्यालयमा ती बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दिपक कुमार थापाले जानकारी दिए। असोज ११ गते सशस्त्र प्रहरी बल वाग्मती प्रदेश मुख्यालय नम्बर ३ गढीमार्इ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले दुवै बोर्डर पोस्टको उद्घाटन गरेका हुन्।

दुवै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो। बीओपी स्थापनासँगै चितवनको सीमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छ्न्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad