काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई काेराेना सङ्क्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।
उनका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराएकाे नगरपालिकाले जनाएको छ।
कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ। नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन। मेयर खरेल अहिले होम आइसोलेसनमा बसेकाे प्रवक्ता भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया