समाज


‘काम गर्न’ भारत जाँदै गरेका तीन युवतीको काँकडभिट्टा नाकाबाट उद्धार

‘काम गर्न’ भारत जाँदै गरेका तीन युवतीको काँकडभिट्टा नाकाबाट उद्धार

नेपालखबर
असोज २१, २०७७ बुधबार ०:२५,

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरिएको छ।

नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा र झापाको गौरादह नगरपालिकाका १८ वर्षीया तीन युवतीको माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेका हुन्। उनीहरुलाई माइती नेपालमा राखेको हो।

युवतीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका छन्। सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो।

उनीहरुलाई तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको माइती नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए।

कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको उनले बताए। यस अघि पनि बन्दाबन्दीको समयमा माइती नेपालले झापाले चार युवतीको उद्धार गरेको थियो।

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गरी त्यतिबेला झापा ल्याइएको घिमिरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad