लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामान्य रुघाखोकी लागेपछि शुक्रबार उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कुँवरले जानकारी दिए।
मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पीसीआर परीक्षण गरिँदै छ। रासस

प्रतिक्रिया