समाज


जाजरकोटमा आगलागीबाट पाँच घर जले

जाजरकोटमा आगलागीबाट पाँच घर जले

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १२:२१,

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad