समाज


गण्डकी प्रदेशमा थप २३४ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

गण्डकी प्रदेशमा थप २३४ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ९:५२,

गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

शुक्रबारमात्रै प्रदेशमा थप २३४ जना जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार २८१ पुगेको छ।

त्यस्तै प्रदेशमा शुक्रबारमात्रै थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार मृतयु हुनेमा कास्कीका ८१ वर्षीय पुरुष र स्याझ्जाकी ७० वर्षीय महिला रहेका छन्।

कास्कीको पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहानहोम आइसोलेसनमा मृतयु भएको हो। उनमा कात्तिक १२ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै स्याङ्जाको वालिङ–५ की ७० वर्षीया महिलाको आज बिहान बिहान ८ः ३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसीयूमा उपचारका क्रममा निधन भएको हो। कात्तिक ९ गते कोरोना पुष्टि भएकी ती महिलामा अन्य समस्या समेत रहेको प्रवक्ता शर्माले जनाकारी दिए। अहिले उनीहरुको शब व्यवस्थापनको तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोनका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad