समाज


बिरामी श्रीमतीको कुरुवा बनाएर भारत लगि बृद्धामाथि यौन शोषण

बिरामी श्रीमतीको कुरुवा बनाएर भारत लगि बृद्धामाथि यौन शोषण

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ११:३४,

आफ्नी बिरामी श्रीमतीको कुरुवाका लागि भन्दै बृद्धालाई भारत लगेर यौन शोषण गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

६६ वर्षीय बृद्धालाई यौन शोषण गरेको अभियोगमा मानव बेचविखन तथा अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ का चन्द्रबहादुर अधिकारीलाई पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर बृद्धा चन्द्रबहादुरको घरमा काम गर्थिन्। श्रीमती बिरामी भएपछि थप उपचारका लागि भारत लैजाँदा श्रीमती स्याहार–सुसार तथा हेरविचार गर्नको लागि भन्दै बृद्धालाई पनि लगेका थिए।

२०७६ पुष २ गते विरगञ्जको रकसौल हुँदै कलकत्तास्थित मुकुन्दपुर भन्ने ठाउँसम्म पु-याएर बृद्धामाथि यौन शोषण गरेको ब्युरोले जनाएको छ।

बृद्धाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। मानब बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका अधिकारीलाई चितवन, भरतपुर, महानगरपालिका ५ तोरीखेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

लमजुङको बेसीशहर नगरपालिका ३ घर भएका अधिकारी हाल चन्द्रागिरी नगरपालिका ५ बस्दै आएका थिए।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad