बाइडेन अमेरकाको सबैभन्दा वृद्ध राष्ट्रपति बन्नेछन्। चारवर्षको कार्यकाल पुरा गर्दा उनको उमेर ८२ भइसक्नेछ।
यसअघि डोनाल्ड ट्रम्प अमेरिकाका वृद्ध राष्ट्रपति थिए। तर ट्रम्पभन्दा बाइडेन ४ वर्षले जेठा हुन्। सन् २०१६ मा राष्ट्रपति बन्दा ट्रम्प ७० वर्षका थिए। उनी अहिले ७४ वर्ष पुगेका छन्।
अमेरिकाले हालसम्मकै वृद्ध राष्ट्रपति पाइरहँदा बाइडेनभन्दा पाका उमेरका नेताहरु पनि विश्वमा छन्।
बेलायती महारानी इलिजावेथ
क्यामरुनका राष्ट्रपति पल बिया चार दशकयता सत्तामा छन्। उनको उमेर ८७ वर्ष पुगिसकेको छ।
यस्तै ६८ वर्षयता सिंहासनमा रहेकी बेलायती महारानी इलिजावेथ अहिले ९४ वर्षकी भइन्। उनी क्यानडा र अस्ट्रेलियासहित १६ राष्ट्रको प्रमुख हुन्।
क्युबाका चर्चित कम्युनिस्ट नेता फिदेल कास्त्रोका भाई राष्ट्रपति राउल कास्त्रो अहिले ८९ वर्ष पुगिसकेका छन्।
साउदी अरबका राजा सलमान
लाओसका राष्ट्रपति ब्युनहाङ बोराचित अहिले ८३ वर्षका भए। जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङगवा ७८ वर्षमा प्रवेश गरिसके।
साउदी अरबका राजा सलमान ८४ वर्षका भएका छन्।
यस्तै इरानको सर्वोच्च नेता अयोतल्लाह अलि खानमेयी ८१ वर्षका भएभने लेबननका राष्ट्रपति मिचेल अउन ८५ वर्षका हुन्। एजेन्सी

प्रतिक्रिया