कला


शाहरुखको ‘पठान’का लागि दीपिका पादुकोनले लिइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

शाहरुखको ‘पठान’का लागि दीपिका पादुकोनले लिइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ८:४६,

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘पठान’लाई लिएर यतिबेला भारतीय सिने क्षेत्रमा व्यापक चर्चा भइरहेको छ।

फिल्मको छायाँकन आरम्भ नहुँदै विभिन्न कारणले यो फिल्म सुपरहिट हुने अनुमान र विश्वास गर्न थालिएको छ। फिल्मका बारेमा अहिलेसम्म निर्माण पक्षले कुनै पनि विषयमा औपचारिक घोषणा भने आएको छैन्।

पठानमा शाहरुखको अपोजिट दीपिका पादुकोण रहने पक्का भएको छ। यसअघि यो जोडीले ‘ओम शान्ति ओम’ र ‘चेन्नइ एक्सप्रेस’मा काम गरिसकेको छ। यी दुबै चलचित्र सफल भएको कारण यो जोडीको तेस्रो चलचित्र पनि सफल हुने अनुमान गरिएको छ।

पछिल्लो समय पठानका लागि दीपिका पादुकोनले लिएको पारिश्रमिकलाई लिएर पनि यसको व्यापक चर्चा भएरहेको छ। यस फिल्मका लागि उनले १५ करोड पारिश्रमिक लिएको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दीपिका पछिल्लो समय चलेकी सबैभन्दा सफल अभिनेत्री हुन्।

फिल्ममा दीपिकाको भूमिका पनि मुख्य रहेको र कथाको केन्द्रमा रहने पात्र भएका कारण पनि बढी पारिश्रमिक दिइएको निर्माण पक्षले जनाएको छ।

शाहरुख दुई वर्षपछि पठानमार्फत पर्दामा फर्किँदैछन्। दीपिका भने पठानका अलवा सिद्धान्त चतुर्वेदीसँग सकुन बत्राको फिल्ममा काम गरिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad