समाज


थप १४ सय ७७ संक्रमित, कुन जिल्लामा कति?

थप १४ सय ७७ संक्रमित, कुन जिल्लामा कति?

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १४:११,

पछिल्लो २४ घण्टामा छ हजार ४७६ जनामा परीक्षण गर्दा थप एक हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ९ हजार ७७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २७ सय ९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख ७३ हजार ४३० पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२÷२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ/आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ।

खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार/चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच/पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन/तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई/दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक/एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad