ad ad

समाज


हङकङका एक कोरोना संक्रमित यौनकर्मीको सम्पर्कमा थिए, कन्ट्याक्ट ट्रेसिङ गर्न प्रहरी खटाइयो

हङकङका एक कोरोना संक्रमित यौनकर्मीको सम्पर्कमा थिए, कन्ट्याक्ट ट्रेसिङ गर्न प्रहरी खटाइयो

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १३:१४,

कोरोना परीक्षण गराएर यौनकर्मीको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएपछि यतिबेला कन्ट्याक्ट ट्रेसिङका लागि प्रहरी नै खटाइएको एससीएमपीले जनाएको छ।

प्रहरीका अनुसार फा युन स्ट्रिट र अर्गयल स्ट्रिटको बिचमा रहेको कि हिङ बिल्डिङमा एक महिला यौनकर्मीको सम्पर्कमा कोरोना संक्रमित व्यक्ति थिए।

प्रहरीले एक हप्तासम्म खोज्दा समेत यौनकर्मी महिला नभेटिएको जनाइएको छ।

कोरोना संक्रमित व्यक्तिले कुन फ्लोरको महिलाको सम्पर्कमा उनी थिए भन्नेबारे बताउन नसकेपछि कन्ट्याक्ट ट्रेसिङमा कठिनाइ भएको बताइएको छ।

ती यौनकर्मी महिलासमेत अरुसँगको सम्पर्कमा आएको हुन सक्छिन्। त्यसकारण प्रहरीले यस जटिल कार्यमा अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रहरीले उक्त बिल्डिङका सबै यौनकर्मीलाई कोरोना परीक्षण गराउन निर्देशन दिएको छ।

हङकङमा हालसम्म ५ हजार ७८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १०८ को मृत्यु भइसक्दा ५२ सयभन्दा बढी कोरोनामुक्त बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .