समाज


नेपालमा कोरोनाबाट उच्च ओहदाका कति व्यक्ति प्रभावित?

नेपालमा कोरोनाबाट उच्च ओहदाका कति व्यक्ति प्रभावित?

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ५:९,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अहिलेसम्म संघका पाँच मन्त्री प्रभावित भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन्।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन्। संवैधानिक अंगका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को संक्रमणको जोखिम व्यहोरिसकेका छन्।

नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म संक्रमित भइसकेका छन्।

 संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ। संक्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ।

कोभिड–१९ का बिरामीलाई अस्पतालको शय्यामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ। तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को संक्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप संक्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री ढकालले भने, ‘कुनै राजनीतिक दल, लिंग, जाति, तह–तप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा सत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad