कोरोना भाइरसको संक्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।
नेपाल–भारत खुल्ला सीमा संवाद समूहले शनिबार सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो।
कोभिड–१९ का कारण संक्रमण रोकथाम गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्ने उद्देश्यले सीमा सिल गरिएको आरोप उक्त समूहको छ।
संवाद समूहका केन्द्रीय संयोजक राजीव झाले गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हँुदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको बताए।
नेपालका २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएका छन्। रासस

प्रतिक्रिया