समाज


सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

नेपालखबर
पुस ११, २०७७ शनिबार ५:४९,

टाटा सुमोले ठक्कर दिँदा झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एक साइकलयात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad