विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
काठमाडौंको धापासी बस्ने वर्ष २७ को जसबहादुर राईले हिमालयन एयरलाइन्सको उडानद्वारा मलेसियाबाट काठमाडौं आएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ती सामान ल्याउन लगाएका थिए।
अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियामा राईले कलेक्सन गरेको कफि अन्दाजी १० केजी, लेडिज ब्याग थान–६ र रेडिमेट लेडिज कपडा थान– १५ बरामद गरिएको प्रहरीले जनाएको छ। सो सामानको मूल्य अन्दाजी एक लाख ५० हजार रुपैयाँ पर्ने बताइएको छ।
सो सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।

प्रतिक्रिया