समाज


आफ्नै देशका नागरिक अपहरण गरेको आरोपमा दुई चिनियाँसहित ४ जना पक्राउ

आफ्नै देशका नागरिक अपहरण गरेको आरोपमा दुई चिनियाँसहित ४ जना पक्राउ

नेपालखबर
पुस २३, २०७७ बिहिबार १३:४२,

आफ्नै देशका दुई नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ।

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रहरीले चीनको सान्दोङ छिन्दिय घर भइ हाल ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आंगखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विईलाई पक्राउ गरेको हो।

त्यस्तै प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का माइला भनिने भक्ते लामा र सोही स्थानका दावा पासाङ लामा पनि पक्राउ गरेको छ।

उनीहरुलाई बुधबार साँझ काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी स्रोतले जनायो।

१९ पुसमा काठमाडौँको गौशालास्थित आनन्द होटलबाट दुई चिनियाँ नागरिकलाई अपहरण गरी सिन्धुपाल्चोकको मार्मिङ पु¥याएर कुटपिट गरेको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले लिउ वइेपिङ, लि साओनिङ नामका दुई चिनियाँ नगरिकलाई अपहरण गरी सिन्धुपाल्चोक पु¥याएर बन्धक बनाएको तथा कुटपिट गरेको उनीहरुका साथी चिनियाँ नागरिक चउ चफिंगले प्रहरीमा सूचना दिएका थिए। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

कुटपिटबाट घाइते भएका दुई चिनियाँको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए। एसएसपी सिंहका अनुसार घाइते दुवै जनाको खुट्टा भाँचिएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad