ad ad

समाज


कोरोना महामारीले भयावह रूप लिएपछि लन्डनमा संकटकाल

कोरोना महामारीले भयावह रूप लिएपछि लन्डनमा संकटकाल

प्रजय शुक्ल
पुस २५, २०७७ शनिबार ३:२३,

कोरोना भाइरसको नयाँ प्रजाति देखिएको बेलायतमा संक्रमण द्रुत गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार तीन सय २५ जनाको मृत्यु भएको छ भने ६८ हजार ५३ जना संक्रमित भएका छन्।

एक दिनमा थपिएको संक्रमितनको यो संख्या अहिलेसम्मकै उच्च रहेको बेलायतको हेल्थ एन्ड सोसल केयर विभागले जनाएको छ।

कोरोना महामारीले भयावह रूप लिन थालेपछि बेलायतको राजधानी लन्डनमा संकटकाल घोषणा गरिएको छ। महामारी नियन्त्रणका लागि भनेर लन्डनका मेयर सादिक खानले शुक्रबार संकटकालीन अवस्था घोषणा गरेका हुन्।

उनका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अधिकारी, स्थानीय काउन्सिलका नेता, जनस्वास्थ्य इङल्यान्डका अधिकारी र आकस्मिक सेवाका अधिकारीसँग परामर्शपछि संकटकाल घोषणा गरिएको हो।

लन्डनमा गत हप्ता कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने व्यक्तिको संख्या २७ प्रतिशत बढेको छ।

भेन्टिलेटरका राख्नुपर्ने बिरामीको संख्या ४२ प्रतिशत बढेको छ। एक सातामा करिब १ हजार मानिस भेन्टिलेटरमा थपिएका छन्। दिनहु“ लन्डनमा अस्पताल भर्ना हुने संख्या पनि करिब १ हजारर हाराहारीमा छ।

यस्तो संकटकालीन अवस्था लन्डनमा सन् २०१७ मा ग्रेनफेल टावरमा आगलागी हुँदा, सन् २०१६ वेस्टमिन्स्टर पुलमा आतंककारी आक्रमण हुँदा र क्रोयडनमा ट्राम दुर्घटना हुँदा घोषणा गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .