समाज


पत्रकार खेम भण्डारी भन्छन्ः ‘निर्मला प्रकरणको भण्डाफोर सुरु भयो’

पत्रकार खेम भण्डारी भन्छन्ः ‘निर्मला प्रकरणको भण्डाफोर सुरु भयो’

गोकुल जोशी
साउन २०, २०७६ सोमबार १४:२६,

सुदूरपश्चिमका वरिष्ठ पत्रकार खेम भण्डारीले बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणको भण्डाफोर सुरु भएको बताएका छन्।

हेल्प नेपाल कञ्चनपुरले सोमवार महेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा पत्रकार भण्डारीले निर्मला प्रकरणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भण्डाफोर सुरु भएको बताएका हुन। ‘निर्मला प्रकरणमा हाम्रो आवाजलाई दबाउने प्रयास गरिएको छ, निर्मलालाई न्याय दिन कन्ज्युसाईँ गरिएको छ’ उनले भने, ‘यसको भण्डाफोर अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सुरु भयो।’

‘न्यूज–२४’ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा अन्तवार्ताका लागि मंगलबार काठमाडौँ जान लागेका पत्रकार भण्डारीलाई हेल्प नेपाल कञ्चनपुरले आवातजावत यातायात खर्च बेहोरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै निर्मलाको न्यायका लागि रातदिन डटेका पत्रकार भण्डारीको साथमा सिंगो सुदूरपश्चिम रहेको जनाउने तवरले उक्त खर्च बेहोरेको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए।

निर्मला प्रकरण दबाउने कोसिस भइरहेको अवस्थामा पहिलो पटक राष्ट्रिय टेलिभिजनले हाम्रा पक्षका कुरा सुन्न अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराएकोमा आभार प्रकट गर्दै पत्रकार खेम भण्डारीले निर्मलाले न्याय पाउनु पर्ने कुराहरुलाई स्थापित गर्ने अठोट व्यक्त गरे। निर्मलाको लडाइ सामाजिक न्यायको लडाईं रहेको बताउँदै पत्रकार भण्डारीले भने, ‘सामाजिक विकृति, विसंगति ध्वस्त पार्ने हाम्रो जीवनको प्रण अनुरुप निर्मला प्रकरणमा उठाएको आवाज त्यसैको एउटा सानो कडी मात्र हो।’

काठमाडौँबाट फर्किदा निर्मलाको न्यायको लागि न्यायप्रेमी कञ्चनपुरका जनताले गरेको आन्दोलनको उचाइ बढाएर आउने उनले विश्वास व्यक्त गरे।‘ देशबासीकाबीचमा म प्रमाणित गर्ने छु कि, आन्दोलनमा न हामीले राजनीति गर्‍यौँ। न कुनै स्वार्थबाट प्रेरित भएर लाग्यौँ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाबाट बोल्दै निर्मला प्रकरणमा सुरुदेखि अहिलेसम्म विभिन्न पक्षबाट भएका गतिविधिलाई संसार समक्ष चिनाउने उनले विश्वास व्यक्त गरे।

निर्मला हत्या प्रकरणमा पत्रकार भण्डारीले सुरुवातीदेखि नै शसक्त रुपमा कलम चलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad