विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट केटूको शिखर चढेर नेपाली आरोहीले कीर्तिमान कायम गर्दाको क्षणको भिडिओ उनीहरुले सार्वजनिक गरेका छन्।
नेपाली राष्ट्रिय झण्डासहित शिखरमा चढेर उनीहरुले कीर्तिमान कायम गर्ने बेलामा नेपाली राष्ट्रिय गान गाउँदै चुचुरोमा टेकेका थिए।
आआफ्नै गतिमा शिखरतर्फ गइरहेका १० जना नेपाली आरोहीको टोली चुचुरोभन्दा १० मिटर तल सबैजना जम्मा भएर ‘सयौं थुंगा फूलका हामी’ शीर्षकको राष्ट्रिय गान गाउँदै एकैसाथ शिखरमा पुगेका थिए।
‘१० मिटर तल सबैजना दाजुभाइ एकैठाउँमा उभियौं र हातमा हात, काँधमा काँध मिलाएर नेपाली राष्ट्रिय गान गाउँदै चुचुरोतर्फ सँगै पाइला बढायौं,’ पुर्जाले लेखेका छन्, ‘हिउँदमा केटूको शिखरमा पाइला राखेर इतिहास कायम गर्दा हामीहरुको व्यक्तिगत कुनै एजेन्डा, लोभ थिएन बरु टिम नेपालको एउटै ऐक्यबद्धता थियो।’
त्यसरी कीर्तिमान कायम गर्दाको क्षणको भिडिओ सो आरोहण टोलीका नेता निर्मल पुर्जा (निम्सदाइ)ले आइतबार आफ्नो ट्विटरमार्फत् सार्वजनिक गरेका छन्।
पुर्जाको नेतृत्वमा रहेको १० जना नेपाली आरोहीको टोलीले माघ ३ गते केटू हिमाल चढेर कीर्तिमान कायम गरेका हुन्।
सो हिमाल अहिलेसम्म कसैले पनि हिउँदको समयमा चढ्न सकेका थिएनन्।
भिडिओ:
— Nirmal Purja MBE (@nimsdai) January 24, 2021Brother to brother, shoulder to shoulder, we walked together to the summit whilst singing the Nepali national anthem. We all stopped around 10m before reaching the summit to huddle and make our final steps together as a team to mark this historical feat .. 1/4 #K2winter pic.twitter.com/P2kCwRy1Vn

प्रतिक्रिया