यतिबेला (बुधबार बेलुका) देशका मध्य तथा पश्चिमी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
माैसमविद्का अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ-
माघ १४ गते (बुधबार)
राती : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १५ गते (बिहीबार)
दिउँसो : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया