दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा सोमबार सेनाले त्यहाँका राष्ट्रपति, लोकतन्त्रवादी नेतृ आङसाङ सुची लगायतलाई नजरबन्दमा राख्नुका साथै अन्य नेताहरुलाई पक्राऊ गरेर सत्ता कब्जा गरेको छ।
सुरक्षा परिषद्को मंगलबार बसेको बैठकमा म्यानमारमा भएको घट्नाप्रति खेद व्यक्त गर्ने संयुक्त प्रस्ताव तयार गरिएको थियो।
तर सुरक्षा परिषद्को भिटो शक्तिप्राप्त राष्ट्र चीनले त्यसप्रति समर्थन नजनाएपछि सो प्रस्ताव रोकिएको हो।
म्यान्मारमा गरिएको सैन्य ‘कू’प्रति खेद प्रस्ताव पारित गर्ने राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावलाई चीनले रोकिसकेको अवस्थामा राष्ट्रसंघका प्रमुख एन्टोनी गुटेर्रेसले भने विश्व समुदायमाझ म्यान्मारको सैन्य ‘कू’ असफल पार्न आग्रह गरेका छन्।
म्यान्मारका सेनाले निर्वाचनमा धाँधली भएको बताउँदै सत्ता हत्याएर एक वर्षसम्म संकटकाल लागू गरेको समयमा गुटेर्रेसले निर्वाचनको परिणामलाई उल्ट्याउने सेनाको कार्य स्वीकारयोग्य नभएको बताएका छन्।
सेनोको कार्यले देश सञ्चालन हुन नसक्ने उनको भनाइरहेको छ। बीबीसी

प्रतिक्रिया