समाज


भारतका ४७ जिल्ला कोरोना संक्रमणमुक्त, नयाँ संक्रमित भेटिन छाडे

भारतका ४७ जिल्ला कोरोना संक्रमणमुक्त, नयाँ संक्रमित भेटिन छाडे

नेपालखबर
माघ २२, २०७७ बिहिबार २३:५५,

भारतका ४७ भन्दा बढी जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

भारतका ४७ जिल्लामा पछिल्लो तीन सातादेखि नयाँ सङ्क्रमित नभेटिएका अधिकारीहरूले जानकारी दिएका छन्। भारतका २५१ जिल्लामा तीन सातादेखि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशभरी नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको पनि जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा स्वास्थ्य सचिव राजेश भूषणले अहिले देशभरी एक लाख ६० हजार मात्रै सक्रिय संक्रमित रहेको जानकारी दिए। कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत सङ्क्रमित केरला र महाराष्ट्रमा मात्रै छन्।

भारतमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशतभन्दा बढी छ भने कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पनि दिन दिनै घट्दै गएको छ।

भारतमा अहिलेसम्म ४५ लाख ९३ हजार ४२७ जनालाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ।

विश्वमा ४० लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप १८ दिनभन्दा छोटो समयमा दिइएको छ। यसरी छोटो समयमा धेरै सङ्ख्यालाई खोप दिनेमा भारत विश्वकै अग्रपङ्क्तिमा छ।

भारतमा अग्रपङ्क्तिमा रहेर काम गर्ने र उच्च जोखिममा पर्ने भएकाले प्राथमिकतामा परेका समूहहरूलाई कोरोनाको खोप दिने क्रम तीव्ररूपमा चलिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad