म्यानमारमा सेनाले सत्ता कब्जा गरेको विरोधमा त्यहाँका नागरिकले हरेक राति भाँडा बजाएर विरोध गर्ने गरेका छन्।
त्यहाँ रहेका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार सैनिक शासनविरुद्ध बर्मेली (म्यानमारका नागरिक) हरूले हरेक राति ८ बजेपछि आफूसँग भएका भाँडा बजाएर विरोध गर्ने गरेका हुन्।
उनले बिहीबार राति आफ्नोे डेराबाट सुनिएको आवाज सामाजिक सञ्जालमा अपलोड गरेका छन्।
सुन्नुहोस् :
— Dipak Bhattarai (@dipakbhattarai) February 4, 2021सैनिक शासनविरुद्ध बर्मेलीहरूले हरेक राति ८ बजेपछि आफूसँग भएका जे भाँडा छ, त्यही बजाएर विरोध गरेका छन्। आज साँझ डेरामा सुनिएको आवाज। यो विरोधको तरिका फेसबुकमा धेरै लोकप्रीय भएपछि सैनिक शासनले आजदेखि फेसुबक बन्द गरेको छ। pic.twitter.com/KqHmq5Rfqx
गत सोमबारदेखि त्यहाँकी नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीलगायत सबै प्रजातान्त्रिक नेतालाई सेनाले नियन्त्रणमा लिएको छ र राज्यसत्ता आफूलले चलाएको छ।
याे पनि : यो हो आङ सान सुचीको घर, उनलाई यहीँ नजरबन्दमा राखिएको हो त? (भिडिओ)

प्रतिक्रिया