समाज


भागरथी भट्ट बलात्कार/हत्या प्रकरण: न्याय नदिलाई नछाड्ने भन्दै रवि लामिछाने लागे बैतडी

भागरथी भट्ट बलात्कार/हत्या प्रकरण: न्याय नदिलाई नछाड्ने भन्दै रवि लामिछाने लागे बैतडी

नेपालखबर
माघ २७, २०७७ मंगलबार १:३४,

बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टलाई न्याय दिलाउने संकल्पका साथ सञ्चारकर्मी रवि लामिछाने बैतडी गएका छन्।

‘अरू केही पनि जान्दैनौं, न्याय नपाई मान्दै मान्दैनौं’ भन्ने अडानका साथ उनी सोमबार आफ्नो टोलीसहित बैतडी गएका हुन्।

‘भागरथीको न्यायका निम्ति उठिरहेका आवाजलाई थप बल मिल्छ कि भन्दै बैतडीतर्फ जाँदै छौं,’ बैतडी प्रस्थान गर्ने बेला लामिछानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबका अपडेटहरू केही समयका लागि फेसबुकबाटै।’

साथै अबेर राति उनले आफूहरू बैतडी पुगिसकेको जानकारी पनि दिएका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा फेला परेकी थिइन्।

याे पनि : निर्मलाको जस्तै भागरथीको पनि बलात्कारपछि घाँटी थिचेर हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad