ad ad

समाज


थप १२७ जनामा कोरोना संक्रमण, १३६ निको भए, २ को मृत्यु

थप १२७ जनामा कोरोना संक्रमण, १३६ निको भए, २ को मृत्यु

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १०:३०,

नेपालमा पछिल्लो २४ घण्टमा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म नेपालमा २ हजार ५४ कोरोना संक्रमितको निधन भएको मनत्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .