समाज


पत्रकार महिला आवास गृह उद्घाटन

पत्रकार महिला आवास गृह उद्घाटन

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:१६,

नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको उद्घाटन भएको छ। नेपाल पत्रकार महासंघको कार्यालय परिसरमा रहेको भवनमा उक्त आवास गृहको उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघक अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिवद्ध रहेको बताए।

आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गरेकी हुन्। भवन उद्घाटन गर्दै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढेपनि गुणात्मक रुपमा क्षमता बृद्धिको लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिइन्। सोही अबसरमा बोल्ने वत्ताहरुले बाहिरबाट काठमाडौंमा आउने पत्रकार महिलाहरुको लागि आवास गृहले फाइदा पुग्ने बताएका थिए।

नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको शुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिँदै जाने बताइन्। उनले अहिले तत्कालका लागि १ वटा मातृत्व कक्ष सहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताइन्।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय परिसरमा यसअघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो। हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपैयाँ र पत्रकार महिलाले ५० रुपैयाँ रजिष्टेशन गर्ने व्यवस्था गरिएको महिला समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad