सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीब एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी घर बताउने २६ वर्षीय जोसिम आलम छन्।
नेपालबाट अवैध रुपले लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको करीब १ किलो ३९ ग्राम चाँदीसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका निज आलमलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको एपीएफले जनाएको छ।

प्रतिक्रिया